जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेप्से परिसूचक साेमबार २२ दशमलव ३१ अङ्कले बढेको छ । साेमबार नेप्से परिसूचक बढेर १४ सय ८४ दशमलव ९९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई अङ्कभन्दा धेरैले बढेको छ । साेमबार होटल समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २६० दशमलव ३३ अङ्कले बढेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको उपसूचक २३३ दशमलव ७ अङ्कले बढेको छ ।
साेमबार तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका ७७ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले साेमबार सबैभन्दा धेरै पाँच प्रतिशत कमाएका छन् । अरुण काबेली पावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।