नियमित उडानमार्फत फर्कन थाले नेपाली, मलेसियाबाट आइपुगे १३३ जना, जापान र माल्दिभ्सबाट पनि आउँदै

 भदौ १७, २०७७ बुधबार १८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि नियमित उडानमार्फत नेपालीहरु स्वदेश फर्कन थालेका छन् ।

मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअरमार्फत आज १३३ नेपाली स्वदेश फर्किएका हुन् । आजै जापानको नारिताबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् ।

हिजो राति नेपाल एअरलाइन्सको जहाज नारिता गएको थियो । यस्तै हिमालय एअरलाइन्सले आजै नियमित उडानमार्फत माल्दिभ्सबाट पनि नेपाली लिएर आउँदैछ । पाँच महिना बन्द रहेको अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुलेको हो ।

पीसीआर परीक्षण सहज भएका देशबाट सरकारले नियमित उडान गरेको छ भने कोरोनाको पीसीआर परीक्षण सहज नभएका देशबाट अहिले पनि चार्टर्ड उडानमार्फत नै नेपालीहरुलाई स्वदेश फर्काइने छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया