विदेशबाट आएको शव मृतकको घरसम्म पुर्‍याउन साउन महिनामा मात्रै १८ लाख भन्दा धेरै खर्च

 भदौ १८, २०७७ बिहिबार १३:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका नेपालीको शव घरसम्म पुर्‍याउन एक महिनामा १८ लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ ।

साउन महिनामा मात्रै विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शव मृतकको घरसम्म पुर्‍याउन १८ लाख २१ हजार ४९२ हजार रुपैयाँ खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यो रकमबाट ९८ जना मृतकको शव विमानस्थलबाट घरसम्म पुर्‍याइदिएको छ ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव निःशुल्क घरसम्म पुर्‍याइदिने गर्छ । महामारीको समयमा अहिले विमानस्थलमा आइपुगेका शव लिन आफन्त आउन नपाउँदा बोर्डले नै बुझेर पनि घरसम्म पुर्‍याउने गरेको छ ।

यस्तै साउन महिनामै बोर्डले ९४ जना मृततका हकवालालाई ६ करोड २४ लाख १० हजार रुपैयाँ आर्थिक सहायत प्रदान गरेको छ । श्रम स्वीकृति लिएर विदेश गएका र श्रम अवधि भित्रै ज्यान गुमाएका मृतकका आफन्त वा हकवालाई सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरिएको छ । यो रकम श्रमिकले नै योगदान गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट उपलब्ध गराइन्छ ।

साथै साउन महिनामा विदेशमा अंगभंग, बिरामी भएर फर्किएका १३ जनाले बोर्डबाट आर्थिक सहायता पाएका छन् । १ महिला र १२ पुरुष गरी १३ जनालाई ६७ लाख ५५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया