नारिताबाट नेपाल एअरलान्समार्फत एक यात्रु पीसीआर रिपोर्टबिनै आए, सबै यात्रु होटल क्वरेण्टीनमा

 भदौ १८, २०७७ बिहिबार १६:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानको नारिताबाट नेपाल एअरलाइन्समार्फत फर्किएका एक यात्रुसँग पीसीआर जाँचको रिपोर्ट नभएपछि सबै यात्रुलाई होटल क्वरेण्टीनमा राखिएको छ ।

नियमित उडानमार्फत जापानको नारितामार्फत २१३ जना आएकोमा एक जनाको आरडीटी परीक्षण मात्र गरेको पाइएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । सरकारले पाँच महिना रोकिएको हवाई उडान भदौ १६ गतेदेखि खुलाएको थियो ।

नियमित उडान खुलेपछि पहिलो उडान नै नेपाल एअरलाइन्सले जापानका लागि भरेको थियो । ‘एक जना यात्रुसँग आरडीटी मात्र गरेको पाइएपछि अहिले सबै यात्रुलाई होटल क्वरेण्टीनमा राखिएको छ,’ एअरलाइन्सकी प्रवक्ता खड्काले भन्नुभयो,‘पीसीआर रिपोर्ट नभएका यात्रुको स्वाब सङ्कल गरेर पठाइसकिएको छ, रिपोर्टको प्रतिक्षामा छौं ।’

ती यात्रुको पनि रिपोर्ट नेगेटिभ आएमा सबैलाई घर पठाउने या के गर्ने भन्ने विषयमा निर्णय नभइसकेको प्रवक्ता खड्काले बताउनुभयो । सरकारको नियम अनुसार नियमित उडानमार्फत आउने सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य हुनुपर्छ ।

यदि कुनै एअरलाइन्सले पीसीआर नगरेका यात्रु ल्याएमा सबै यात्रुलाई काठमाण्डौमै होटल क्वरेण्टीनमा राख्नुपर्छ र त्यसको खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्नुपर्छ । यही नियम अनुसार नै सबै यात्रुको होटल क्वरेण्टीन खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्ने प्रवक्ता खड्काले बताउनुभयो ।

पीसीआर परीक्षण सहज भएका देशबाट नियमित उडान भदौ १६ गतेदेखि खुलेको छ भने परीक्षण सहज नभएका देशबाट नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान नै भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया