आज १०५ जना स्वदेश आइपुगे, ४३ जना बाहिरिए

 भदौ १८, २०७७ बिहिबार १८:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न तीन उडानमार्फत १०५ जना नेपाली स्वदेश आएका छन् ।

हिमालय एअरलाइन्समार्फत चीनको कोङ्नचिङबाट ७ जना, यूएईको आबुधाबीबाट रोयल एअरफोर्समार्फत २० जना, इस्तानबुलबाट ७७ जना र श्रीलंकन एअरलाइन्समार्फत कोलम्बोबाट १ जना स्वदेश आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै आज नेपालबाट ४३ जना बाहिरिएका छन् । यूएईको आबुधाबी १७ जना गएका छन् भने श्रीलंका २६ जना गएको विमानस्थलले जनाएको छ ।

भोलि शुक्रबार भने खाडीका देश र मलेसियाबाट ५ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । यूएईबट दुई, कतारबाट दुई र मलेसियाबाट १ उडान हुनेछ । यो नियमित उडान हो । यस्तै कोरिया र हङ्कङबबाट पनि नेपालीहरु स्वदेश आउनेछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया