सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे

 भदौ २८, २०७७ आइतबार १३:१८:४६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएकाे पहिरोमा पुरिएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएकाे छ । 

बाह्रबिसे गाउँपालिका ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको उहाँले बताउनुभयो । 

पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो । 

पहिराेमा अझै २२ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको छ ।   

जिल्लाभरिकै सुरक्षित मानिएको ठाउँमा पहिरो गएको हो । त्यो ठाउँमा भीरकोटबाट करिब १ किलोमिटर  लामो पहिरो गइ भोटेकोशी नदीसम्म पुगेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया