सिन्धुपाल्चाेक पहिराेमा ज्यान गुमाउने र बेपत्ता हुनेहरु (सूचीसहित)

 भदौ २८, २०७७ आइतबार १९:५२:७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिराेमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

पहिराेमा ज्यान गुमाउनेकाे विवरण–

१.भक्तिमाया श्रेष्ठ – ६३ वर्ष
२. जुनु विक – २३ वर्ष
३.शुकलाल विक – २४ वर्ष
४. सन्देश विक – ८ वर्ष
५. सर्किनी नेवार – ६० वर्ष
६. धनलाल नेवार – ६५ वर्ष
७. ट्याक्सी शेर्पा – ९८ वर्ष
८ हिरामाया नेवार – ६० वर्ष
९. ज्ञानीमाया प्रधान – ४२ वर्ष
१०. सरस्वती विक – ५ वर्ष
११. करणबहादुर श्रेष्ठ – २५वर्ष 

पहिराेमा हराइरहेकाहरु –

१. रामबहादुर नेवार – ४८ वर्ष
२. दिलमाया श्रेष्ठ – १८ वर्ष
३. रिता श्रेष्ठ – ३७ वर्ष
४. दानियाल श्रेष्ठ – ५ वर्ष
५. नदान श्रेष्ठ – ४ वर्ष
६. अमृत श्रेष्ठ– २५ वर्ष
७. मनिता श्रेष्ठ – २५ वर्ष
८. रविना श्रेष्ठ – ३० वर्ष
९. रियाशु श्रेष्ठ (शिवभक्ति) – ८ वर्ष
१०. पदमकुमारी श्रेष्ठ – ६० वर्ष
११. रामकुमार श्रेष्ठ – ४२ वर्ष
१२.लालबहादुर श्रेष्ठ – ५१ वर्ष
१३. बुद्धलक्ष्मी श्रेष्ठ – ५० वर्ष
१४. लक्ष्मी श्रेष्ठ – ११ वर्ष
१५. कुमार विक – २२ वर्ष
१६. सोनिया विक – २१ वर्ष
१७. रुपा बिक – १० वर्ष
१८. शिबबहादुर नेवार – ४३ वर्ष

दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया