कोरोनाको कारण तत्काललाई दक्षिण कोरियाले लगायो नेपाली श्रमिकको प्रवेशमा रोक

 असोज ८, २०७७ बिहिबार १३:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ ।

नेपालमा कोरोना महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्काललाई रोक लगाएको कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । तर महामारीको अवस्थालाई मध्यनजर गर्दै फेरि अर्को निर्णय गर्ने कोरियाले जनाएको छ ।

नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो । यस्तै सरकारले कोरियन एअरलाई अक्टोबर महिनाका लागि सिओल काठमाण्डौ एकतर्फी उडानको अनुमति दिएको छ ।

जसअनुसार कोरियन एअरबाट घर फर्कने नेपालीहरुले एअरलाइन्सका स्थानीय प्रतिनिधि बिनोद कुँवरलाई ०१०–३२८१४७८३ मा सम्पर्क गर्न सकिने छ । कोरियन एअरले अक्टोरबर ९ मा नेपालका लागि उडान भर्दैछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया