जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेप्से परिसूचक सूचकाङ्क बिहीबार झण्डै ६ अङ्कले बढेको छ । नेप्से ५ दशमलव ७४ अङ्कले बढेर १५ सय ६१ दशमलव २७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बिहीबार बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स र अन्य समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ७० दशमलव ८५ अङ्कले बढेको छ । विकास बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको उपसूचक भने घटेका छन् ।
बिहीबार दिनभर दुई अर्ब २३ करोड ३४ लाख रुपैयाँभन्दा धेरैका झण्डै ९० लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
बिहीबार अपि पावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलगायत विभिन्न १६ कम्पनीका शेयर लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरै कमाएका छन् । सिटिजन म्युचल फण्ड–१ का शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै २ दशमलव १२ प्रतिशतले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।