नेप्से ३ दशमलव १९ अङ्कले घट्यो, झण्डै २ अर्ब रुपैयाँको कारोबार

 असोज १४, २०७७ बुधबार १६:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ । नेप्से ३ दशमलव १९ अङ्कले घटेर १५ सय ५० दशमलव ४३ विन्दुमा झरेको हाे ।

विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहकाे शेयर ३५ दशमलव सात, निर्जीवन बीमा समूहकाे ५१ दशमलव ५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ ।

बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया