सिन्धुपाल्चोकमा बनाउने भनिएको भूकम्प स्मृतिपार्क अलपत्र

 असोज १६, २०७७ शुक्रबार ९:५२:४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक -भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा सिन्धुपाल्चोकमा स्मृतिपार्क निर्माण गर्ने भनिए पनि गति लिन सकेको छैन । भूकम्प गएको पाँच वर्ष बिते पनि पार्कको कामले गति लिन नसकेको हो । 

भूकम्प स्मृतिपार्क सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ दारेगौँडामा निर्माण गर्ने भनिएको थियो । स्मृति उद्यानको तत्कालिन वन तथा भू-संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङले विसं २०७३ वैशाख २९ गते शिलान्यास गर्नुभएको थियो । 

निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण सुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दा समेत योजनामै थन्किएको हो । ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डीपीआर समेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट एक करोड स्वीकृत भएर घेराबार लगाइएको थियो ।

भगवती सामुदायिक वनको ४१ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ । पार्कको डिजाइनको लागि मात्रै ३५ लाख रुपैयाँ खर्च भएको छ । ए नट आर्किटेकलाई भूकम्प स्मृतिपार्कको डीपीआर जिम्मा दिइएको थियो ।

शिलान्यास भएको एक वर्षपछि भूकम्प स्मृतिपार्ककोे निर्माण कार्यको थालनी भएको हो । पार्कमा भूकम्प स्मृति भ्यू टावर, सूचना केन्द्र, रेस्टुरेन्ट, शौचालय लगायतको भौतिक सुविधा हुनेछ । 

नेपालमा गएका सबै भूकम्पको सूचना त्यहाँबाट लिन सक्ने व्यवस्था गरिनेछ । पार्कमा भूकम्पमा परि ज्यान गुमाएका १४ जिल्लाका सबैको नाम लेखिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति व्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम तत्काल अघि बढाउन पहल गर्ने बताउनुभएको छ । 

भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले गएको साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिस सहित पेश गर्न निर्देशन दिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया