राेल्पामा गाडीसहित लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ

 असोज १८, २०७७ आइतबार १०:६:१२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । राेल्पाकाे सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

शनिबार बेलुका रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको गाडीलाई खुङ्ग्री चेकपोष्टमा जाँच गर्दा गाडीमा रहेका तीन जना महिला र चालकसहित दुई जना पुरुष पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका-४ की ३७ वर्षीया ज्योती घर्ती, त्यही ठाउँकी ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका-६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका-१ सेरम घर भएर अहिले दाङ घोराई उप-महानरपालिका-४ राप्तीटोल बस्ने ३५ वर्षका यामबहादुर घर्तीमगर रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया