जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेप्से परिसूचक बिहीबार सामान्य घटेको छ । बुधबार ४१ दशमलव २० अङ्कले बढेको परिसूचक बिहीबार १ दशमलव ७८ अङ्कले घटेर १६४५ दशमलव ६७ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बिहीबार उत्पादन, हाइड्रोपावर, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको उपसूचक बढेका छन् । बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फण्ड समूहको उपसूचक भने घटेका छन् ।
बिहीबार एक सय ९२ कम्पनीको कारोबार भएकोमा तीन अर्ब तीन करोड रुपैयाँ बराबरका एक करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । प्राइम कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै १३ करोड ७८ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।
बिहीबार शिवश्री हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड प्रोमोटर शेयरका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।