जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आइतबार साढे १२ अङ्कले बढेको छ ।
बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से १२ दशमलव ४९ अङ्कले बढेर १६ सय ४८ दशमलव ५८ विन्दुमा पुुगेको हो । आइतबार उत्पादन समूहको शेयर १ सय २२ अङ्कले, व्यापारको १ सय ५ अङ्कले, जीवन बीमाको ८६ र जलविद्युतको ३० अङ्कले बढेको छ ।
आइतबार एक सय ९८ कम्पनीका तीन अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबरका एक करोड आठ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिस्टिलरी उद्योग, साल्ट ट्रेडिङ कम्पनी, दिव्यश्वरी हाइड्रो, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले नाै प्रतिशत भन्दा धेरै कमाएका छन् । यद्यपि समग्र बजार बढे पनि नेपाल फाइनान्सका शेयरधनीले साढे ३ प्रतिशत भन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।