कतारले अब नयाँ श्रमिक पनि लिने, मागपत्र प्रमाणीकरणको काम खुल्यो

 मंसिर ७, २०७७ आइतबार १२:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार सरकारले अब नयाँ श्रमिक पनि लिने भएको छ ।

नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको छ । कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो ।

उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन । तर अब भने त्यो प्रतिवन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ । कतारले गरेको पछिल्लो घोषणा अनुसार अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताउनुभयो ।

‘कतारले खुल्ला नगर्दासम्म कामको माग ल्याउँदा पनि हामीले प्रमाणीकरण गर्न सक्ने अवस्था थिएन, किनभने कतार सरकारले खुल्ला गरेकै थिएन,’ राजदूत भारद्वाजले भन्नुभयो, ‘कतारले नखुलाउँदासम्म मागपत्र प्रमाणीकरण मात्र गर्दा श्रमिक ठगीमा पर्ने सम्भावना हुन्थ्यो तर अब कतारले नै खुलाएपछि दूतावासले नगर्ने भन्ने नै हुँदैन, मागपत्र प्रमाणीकरण हुन्छ ।’

अहिले कतारबाट बिदामा नेपाल आएकाहरु फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रावधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया