कांग्रेस नराम्रामध्येको राम्रो हो : प्रदीप पाैडेल

 मंसिर २९, २०७७ सोमबार १७:४६:५० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नराम्राहरूमध्येको राम्रो भएको बताउनुभएको छ ।

सोमबार कांग्रेसले आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनमा महेन्द्रनगरमा सम्बोधन गर्दै नेता पौडेलले विगतका दिनमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै वर्तमान अवस्थामा कांग्रेस नराम्राहरूमध्येको राम्रो भएको बताउनुभएको हो ।

उहाँले गल्ती तथा कमीकमजोरी सबैबाट हुने बताउँदै अबको दिनमा कांग्रेस सच्चिएर आउने दाबी गर्नुभएको छ । देशमा थुप्रै समास्या भएकाले सधै निराशावादी भएर मात्रै समास्याको समाधान नहुने उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै नेता पौडेलले पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरिको भीड लाग्ने गरेको उल्लेख गर्दै नागरिकले नै राजतन्त्र फालेकाले फेरि राजतन्त्र ल्याएर नागरिक सम्मानित नहुने जिकिर गर्नुभयो । 
उहाँले केपी ओली नेतृत्वको सरकारबाट नागरिकलाई शोषण भइरहेको बताउँदै सरकारले भने नागरिकका लागि केही गर्न नसकेको दाबी गर्नुभएको छ ।

नेता पौडेलले देशमा विभिन्न बहानामा भ्रष्टाचार मौलाएको बताउँदै सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरूको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ । 

सरकारले अहिलेसम्म उपसभामुख चयन गर्न नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको बताउनुभयो । ‘विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ’, उहाँले भन्नुभयो, ‘त्यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ ।’   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया