सोमबार विशेष : देशैभर कांग्रेसको प्रदर्शन, नेताहरूका रमाइला भाषण !

 मंसिर २९, २०७७ सोमबार २०:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उखु किसान भुक्तानी खोज्दै काठमाण्डौमा प्रदर्शन गरिरहेको बेला प्रमुख विपक्षी कांग्रेसका नेताहरू काठमाण्डौबाट जिल्ला–जिल्ला पुगेर नागरिकको साथ खोजेको प्रसङ्गले आज बढी चर्चा पाएको छ ।

कांग्रेसले पूर्व निर्धारित कार्यक्रमअनुसार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनपछिको सभामा कांग्रेस नेताहरुले रमाइलो भाषण पनि गरे ।

हेटौंडा पुगेका सभापति शेरबहादुर देउवाले भन्नुभयो : कम्युनिस्टहरूले जितेपछि बोल्न, हाँस्न र रुनसमेत दिएनन् । त्यही सभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले 'कांग्रेस जेठो हो, जेठो दाइको घर भत्कियो भन्दैमा अन्तरे–जन्तरे जेठो हुन सक्दैनन्' भन्नुभयो । अनि कञ्चनपुरमा केन्द्रीय सदस्य प्रदीप पौडेलले भन्नुभयो – कांग्रेस नराम्राहरूमध्येको राम्रो पार्टी हो ।

हेर्नुहोस् आजका यिनै र अरु मुख्य खबर :

कम्युनिस्टहरूले जितेपछि बोल्न, हाँस्न र रुनसमेत दिएनन् : कांग्रेस सभापति देउवा

कांग्रेस जेठाे हाे, जेठाे दाइकाे घर भत्कियाे भन्दैमा अन्तरे–जन्तरे जेठाे हुन सक्दैनन् : प्रवक्ता शर्मा

कांग्रेस नराम्रामध्येको राम्रो हो : प्रदीप पाैडेल

‘पार्टीलाई एकताबद्ध बनाउने दुई अध्यक्षहरूले नै हो, समाधानको खोजी गरिरहेका छौँ’

मन्त्रालय भन्छ– ‘उखु किसानलाई पैसा दिने जिम्मा हाम्रो होइन, उद्योगविरुद्ध मुद्दा हाल्नुहोस्’

पञ्चायत कालमा रुख राेप्दा टाउकाे फुटाइन्थे, कम्युनिस्ट सरकारमा पुल बनाउँदा करङ भाँचिँदैछन् : रामचन्द्र पाैडेल

बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको हाे : गगन थापा

थप ८२१ जनामा काेराेना सङ्क्रमण, ८४२ जना डिस्चार्ज

काठमाण्डौमा मोटरसाइकल चोरीको क्रम बढ्यो, एकान्तमा पार्किङ नगर्न र अतिरिक्त लक राख्न अनुरोध

वायु सेवा निगमको १० वर्षपछिको योजना : ६ वटा नयाँ जहाज, वार्षिक साढे ५ अर्ब रुपैयाँ नाफा

‘आप्रवासी स्रोत केन्द्र नभएको भए श्रीमानसँगै आर्थिक सहायता पनि गुमाउनु पर्थ्याे’

यस वर्षको एसईई पनि अन्याेलमै

शेयर बजार झण्डै ५७ अङ्कले बढ्यो, ७ अर्ब २० करोड रुपैयाँको कारोबार

राेमाञ्चक खेलमा राप्तीले नारायणीलाई एक विकेटले हरायाे

च्याम्पियन्स लिग : बार्सिलाेनाले पीएसजी र युभेन्ट्सले पोर्टोसँग खेल्ने

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया