वैशाखसम्म प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

 पुस ५, २०७७ आइतबार ९:१८:१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ सरकारले आउँदो वैशाखसम्ममा प्रदेश १ लाई सडक मानवमुक्त बनाइने भएको छ ।

सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत पुस ११ गतेभित्रमा झापा, मोरङ र सुनसरीका सडक मानवको उद्धार गरिसक्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११ गतेसम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । अभियान अन्तर्गत उद्धार गरिसकेपछि  ३ जिल्लाका पालिकाहरुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गर्ने छन् ।

१४ वटै जिल्लाका पालिकाले सहयोगापेक्षी  सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आउँदाे वैशाख मसान्तभित्रमा घोषणा गरिने मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेकाअनुसार उद्धार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन, अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा समेत बेसहारा भएर सडकमा रहेका सहयोगापेक्षी सडक मानवहरुको सरकारी र सामाजिक विकास संघ संस्थाको सहकार्यमा  उद्धार तथा पुनर्स्थापना गर्दै सडकमा आश्रय लिनुपर्ने बाध्यताको अन्त्य गरिने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया