एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – प्रतिनिधि सभा विघटन भएपछिको भोलिपल्ट सोमबार दिनभर दलहरु आन्तरिक छलफल र भेटघाटमा व्यस्त रहे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुसँग छलफल गरेर राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । आफ्नै पार्टीका विरोधीहरुले काम गर्न नदिएपछि आफूले बाध्य भएर ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै चुनावमा जान आग्रह गर्नुभयो । उहाँले को कति लोकप्रिय र कसको कति क्षमता छ भन्ने चुनावबाटै थाहा हुने पनि बताउनुभएको छ ।
ओलीले सम्बोधन गरिरहँदा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको छुट्टै भेला भयो । भेलाले प्रतिनिधि सभाको बैठक बोलाउनुपर्ने ठहर गरेको छ । यस्तै साँझ कांग्रेससहितको सर्वदली बैठकमा पनि प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएकोबारे छलफल भएको छ ।
हेर्नुहोस् सोमबारका मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।