सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान

 पुस १२, २०७७ आइतबार १९:३९:४८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा दिउँसो सवा ३ बजेतिर गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिनुभयो ।

चन्द समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको डीएसपी मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार चन्द समूहका कार्यकर्ताले ५/६ राउण्ड गोली चलाएका थिए भने प्रहरीले झण्डै १५ राउण्ड गोली चलाएको थियो ।

दुवै समूहबीच गोली हानाहान भए पनि कुनै क्षति भने भएको छैन । चन्द समूहका कार्यकर्ता भागेको जङ्गल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले बताउनुभयो । चन्द समूहका कार्यकर्ताको सेल्टर क्षेत्र भनेर चिनिँदै आएको मैदानेमा यसअघि पनि दुई पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया