कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीकाे गोली लागेर एक नेपाली घाइते

 पुस २१, २०७७ मंगलबार ५:५६:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधार चाँदनी नगरपालिका-१ का स्थानीय नरेश सुनार घाइते हुनु भएकाे हाे । 

उहाँको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएकाे जानकारी दिनुभयो । 

घ​टना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँकाअनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको उहाँले बताउनुभयो । 

घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया