सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से नयाँ उचाइमा पुगेको छ । परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
बिहीवार सूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से ३१ दशमलव ८७ अङ्कले बढेर २ हजार ३ सय ७४ दशमलव ६४ बिन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अङ्कले बढेर ४ सय ४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।
बिहीवार झण्डै सात अर्ब ८० करोड बराबरको एक करोड ८१ लाख पाँच हजार ६ सय ७१ कित्ता शेयर खरिद/बिक्री भएको छ ।
कारोबारका आधारमा बिहीवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ५३ करोड ३३ लाख १२ हजार चार सय २१ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो ।
यस्तै नेको इन्स्योरेन्स २६ करोड ६४ लाख ४८ हजार दुई सय १३, नेपाल पुनर्बीमा कम्पनी २२ करोड ९९ लाख ४७ हजार दुई सय २१, शिखर इन्स्योरेन्स २२ करोड ८२ लाख ६१ हजार सात सय ७२, नेशनल लाइफ इन्स्योरेन्स २१ करोड ४४ लाख ५६ हजार एक सय ६७, प्रभु बैंक २१ करोड ४३ लाख ५० हजार नाै सय ४३, नेपाल दूरसञ्चार कम्पनी २१ करोड तीन लाख ६४ हजार ६ सय ४८, एनआईसी एसिया बैंक १६ करोड १६ लाख ३५ हजार आठ सय ४४ र अरुण काबेली पावर कम्पनी १३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।