नाका खुले पनि तयारी नपुग्दा भारत जान हिँडेका नेपाली गड्डाचाैकीमा अलपत्र

 माघ १६, २०७७ शुक्रबार १९:३०:४६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमणकाे जोखिमका कारण बन्द गरिएका चीन र भारततर्फका नाका खुल्न थालेका छन् । लकडाउनसँगै सरकारले बन्द गरेका नाका बिस्तारै खुल्न थालेका हुन् ।

गृह मन्त्रालयले ३० वटा नाका खोल्न परिपत्र गरे पनि केही नाका भने आवश्यक तयारी नपुगेको भन्दै खुलेका छैनन् । यसअघि सीमा नाका बन्द हुँदा सरसामग्री खरिद, आफन्त भेटघाट र खेतीपातीका काममा समेत असहज हुँदै आएको थियो  ।

बाराको सिमरौनगढ र मटिअर्वा नाका शनिवार (भोलि) देखि मात्रै खोल्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । यस्तै कञ्चनपुरको गड्डाचौकी नाका पनि आन्तरिक तयारी नपुगेका कारण खुलेको छैन । नाका नखुलेपछि भारत जान हिँडेका नेपालीहरु अलपत्र परेका छन् ।

सुरक्षाकर्मीले नाका नखुलेको बताएपछि आफूहरू अलपत्र परेको भारत जान हिँडेका राकेश मगरले बताउनुभयो । औपचारिक जानकारी नआएको भन्दै सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरूले फर्काउन थालेपछि भारत जान हिँडेकाहरू सीमा नाकामै अलपत्र परेका हुन् ।

सरकारले शुक्रवार (आज) देखि नाका खोल्ने निर्णय गरे पनि आन्तरिक तयारीका कारण शुक्रवार नाका खोल्न नसकिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो । नाका खुलेको सुनेर भारत जान हिँडेका सयौँ युवाहरू गड्डाचौकीको सीमा क्षेत्रमा अलपत्र परेका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया