कञ्चनपुरका सरकारी कार्यालयमा सीडीओकाे अनुगमन : पाेसाक नलगाउने कर्मचारीकाे भत्ता राेक्न विभागमा पत्राचार

हाजिरीमा केरमेटदेखि भोलिपल्टको हाजिरी अघिल्लाे दिन गरेकाे पाइयाे

 माघ १८, २०७७ आइतबार १८:५०:१७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ । कार्यालयहरू सेवाग्राहीमैत्री नभएको भन्ने गुनासो आएपछि आफै अनुगमनमा निस्किनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको हो । 

उहाँले आइतबार जिल्लाको मालपोत तथा भूमि सुधार कार्यालय र नापी कार्यालयमा अनुगमन गर्नुभएको थियो । 

निरीक्षणका क्रममा मालपोत कार्यालयमा कार्यालय प्रमुखबाहेक कुनै पनि कर्मचारीले पोसाक लगाएका थिएनन् भने नापी कार्यालयमा कार्यालय प्रमुखसहित कुनै पनि कर्मचारीले पोसाक नलगाएको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । 

यस्तै, कतिपय कर्मचारीले हाजिरीमा केरमेट गरेको, भोलिपल्टको हाजिरीसमेत अघिल्लो दिन गरेको र पूर्वस्वीकृति विना कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो भने कर्मचारीमा समयको पालना, अनुशासित तथा आचरणयुक्त नभएको, सेवाग्राहीमैत्री वातावरण नरहेको पाइएको थियो । 

यसअघि समेत आफूले सहायक प्रमुख जिल्ला अधिकारीलाई सबै कार्यालयहरुको अनुगमन गर्न लगाएको बताउँदै त्यसपछि पनि सेवाग्राहीको गुनासो आएकाले आफै निरीक्षणमा गएको महतोले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया