दाउराको बटुल्न सेती नदीको बाढी कुर्छन सेती नदी वरिपरीका स्थानीयवासी

 भदौ २, २०७५ शनिबार १८:२७:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सेती नदी अासपासका स्थानीयबासिन्दा ज्यानै जोखिम राखेरे बाढी अाएपछि सेती नदीमा पस्ने गरेका छन् ।

बाढीमा बढेसँगै काठहरु बगाएर ल्याउन थालेपछि सेती नदीको आसपासका स्थानीयवासीहरु ज्यान जोखिम राखेर दाउरा संकलन गर्न नदीमा पस्ने गरेका हुन् । बझाङको साइपाल हिमालबाट बग्दै आएको सेती नदीले वर्षा आउना साथ काठहरु बगाएर ल्याउन थालेपछि स्थानीय रात र दिनभर सेती नदीको किनारामा ज्यान नै जोखिममा राखि दाउरा संकलन गरिरहेको छन् ।

बर्षेनि सेती नदीले वर्षायाममा साना–ठूला काठहरु बगाएर ल्याउने हुँदाले सेती आसपासका स्थानीयवासीहरु दाउरा संकलनका लागि ज्यानलाई नै जोखिममा राखेर नदीमा पस्ने गरेका छन् ।

सेती नदीमा दाउरा निकाल्दा बर्षेनि एक दुई जना मर्ने गरेका भए पनि स्थानीयवासीहरुले दाउरा निकाल्न छोडेका छैनन् । वर्षा सिजनमा सेतीबाट निकालेका दाउराले वर्षभर खाना पकाउन तथा हिँउदको समयमा मुढा ताप्न र पानी तताउनलाई काम लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

सेती नदीमा आएका काठहरुले घर निर्माणमा समेत काम लाग्ने भएका कारण स्थानीयवासी बढी काठ निकाल्ने काम तिर लागेको बताउछन् । स्थानीयबासिन्दा हिमाल गिरिले भन्नुभयो, ‘दाउरा मात्र नभएर मैले दुई दिनको अवधिमा तीन चार लाख बराबरको काठ निकालेको छु । दाउरा मात्रको कुरा गर्ने हो भने दुई वर्षलाई बाल्न पुग्ने दाउरा निकालेका छु ।’

सदरमुकाम चैनपुरलगायतका स्थानीय बजारहरुमा दाउरा एकदमै महङ्गो भएकाले साथै सेती आसपासका क्षेत्रमा जंगल कमै भएका कारण यस क्षेत्रहरुमा दाउराको समस्या हुने गर्दछ । बर्षेनि अलि अलि पानी पर्ना साथ स्थानीयहरु मुढा तान्न प्रयोग हुने काठको लामो लामो लठ्ठीहरुको टुप्पोमा मुडा अड्उन प्रयोग हुने बस्तु राखेको हगाउसो (दाउरा निकाल्न प्रययोग गरिन काठ),  काठ बोक्न प्रयोग हुने डोरी र डोका समेत लिएर रातभर सेती नदीमा कुर्ने गरेका छन् ।

बालक र वृद्घबाहेकका घरका सबै सदस्य दाउरा निकाल्न जाने प्रचलन रहेको छ । बर्षेनि सेतीमा दाउरा निकाल्दा कतिपयको ज्यान जाने गरे पनि स्थानीयले भने यस्तो परम्परा छोडेका छैनन् । उनीहरुले दाउरा पनि पाइने र राम्रो काठका बल्लीहरु पाएपछि आम्दानी पनि राम्रो भएका कारण ज्यानलाई जोखिममा राखेर दाउरा संकलन गरी रहेका छन् ।

सेती नदीको किनारा वारी–पारी दाउरा निकाल्नेहरुको भिड  लाग्ने गरेको भए पनि स्थानीय सरकार, प्रशासनले सुरक्षाका लागि कुनै पनि कार्य नगरेको स्थानीयहरुको आरोप छ ।

सदरमुकाम चैनपुरलगायत सेती नदीको आसपास सुबेडा , डिलबगर , सुतिया , मालुमेला,  बगरगाँउ, भण्डारी गाँउ, मोरीबगर ,झोता, देउरा ठाँउहरुमा स्थानीय बाढी आएको मोका छोपी दाउरा निकाल्न सेती नदीमा जाने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया