इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बिहीवार घटेको छ । नेप्से १६ दशमलव ११ अङ्कले घटेर २५ सय २६ दशमलव ९२ विन्दुमा झरेको छ । बिहीवार बैंकिङ र विकास बैंक समूहबाहेक अरु सबैजसो समूहको शेयर घटेको छ ।
उत्पादन समूहको शेयर एक सय नौ अङ्कले, व्यापार समूहको शेयर ४० अङ्कले, होटलको ४२ अङ्कले, जलविद्युतको २५, फाइनान्सको १८, निर्जीवन बीमा कम्पनीको शेयर दुई सय सात अङ्कले, जीवन बीमाको दुई सय १४ अङ्कले, माइक्रो फाइनान्सको एक सय २८ अङ्कले र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।
बिहीवार दुई सय ६ कम्पनीका एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।