बैतडीकी भागरथीको अन्त्येष्टि हुँदै

 फागुन ७, २०७७ शुक्रबार १४:४५:४२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी– बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझेको छ । बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो ।

आफन्तले शव बुझेर गोठलापानीबाट सेरासम्म शवयात्रा गरी महाकाली नदीको छेउको आर्यघाटमा दाहसंस्कार गरिरहेका छन् । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशाेरलाई प्रक्राउ गरी सार्वजनिक गरे पनि उनले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन ।

तर बिहीवार ती किशाेरले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझेको हो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया