जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोनाका कारण सिर्जना भएकाे रोजगारीको अभावलाई मध्यनजर गर्दै पालिकाहरुले विभिन्न योजनाहरु अगाडि सारेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको छ । केही दिन अगाडि सम्पन्न नगर परिषद् बैठकबाट ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण दिने विषय पारित पनि भइसकेको छ ।
केही दिन अगाडिमात्रै पारित भए पनि नगरपालिकाले प्रक्रिया भने पहिला नै अगाडि बढाइसकेको थियो । त्यहीअनुसार नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रकाअनुसार ऋण लिनका लागि अहिलेसम्म १ हजार १२ जनाले आवेदन दिएका छन् । तर आवेदन दिएका सबैले ऋण पाउन नसक्ने उहाँले बताउनुभयो । यो वर्ष कार्यक्रममा नसमेटिएकालाई अर्को वर्ष प्रदान गरिन्छ ।
ऋण प्रदान गर्नका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गर्नुपर्ने भएकाले चाँगुनारायण नगरपालिकालाई राष्ट्रिय युवा परिषद्ले सहयोग गर्ने भएको छ । उद्यमी बन्ने चाहानेलाई पहिलो चरणबाट छनोट गरेर मानसिक र व्यावसायिक रुपमा तयार बनाउने र ऋणको लागि विभिन्न बैंकसँग सहकार्य गर्ने मेयर मिश्रले बताउनुभयो । युवालाई विदेश पलायन हुनबाट रोक्न र बेरोजगार युवालाई आयआर्जनतर्फ आकर्षित गराउन नगरपालिकाले योजना बनाएर काम सुरु गरेको हो ।
मिश्र भन्नुहुन्छ ‘युवाहरुलाई आफ्नै गाउँमा रोजगारी दिने काममा लागिएको हो र सहुलियत ऋण, सीपमूलक तालिमजस्ता विषयमा नगरपालिकाले योजना बनाएर अगाडि बढिरहेको छ । ’विज्ञसँग परामर्श गरी आवेदन दिएका १ हजार १२ जनामध्ये ६ सय जनालाई छनोट गरिन्छ । त्यसपछि फेरि छनोट गरी पहिलो चरणमा ३ सय जनालाई ऋण दिइने मिश्रले बताउनुभयो । त्यसका लागि नगरपालिकाले नेपाल बैंकसँग सम्झौता गरिसकेको छ ।
उद्यमीमा छनोट भएका युवाले पाँच वर्षभित्रमा सम्बन्धित बैंकलाई रकम फिर्ता गरीसक्नुपर्ने छ । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका युवाहरु कार्यक्रममा समेटिने छन् । कोरोनाका कारण बेरोजगार भएका युवाहरुलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले जस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि बिनाधितो निर्ब्याजी ऋण दिने गरी प्रक्रिया अगाडि बढाएको छ ।
कार्यक्रमका लागि अहिलेसम्म ८८ जनाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये सबै जनालाई ऋण रकम उपलब्ध गराउने मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो । कम्तीमा २ देखि ९ लाख रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराउने जनाएको छ । अरु पनि कसैले उद्यम गर्न चाहेमा तर अहिलेको छनोट प्रक्रियामा परेनन् भने उनीहरुलाई लक्षित गरेर नगरपालिकाले राष्ट्रिय वाणिज्य बैँकसँगको सहकार्यमा सरल कर्जाकोसमेत व्यवस्था गरिदिने जनाएको छ ।
बिनाधितो निर्ब्याजी ऋण लिनका लागि छनोटमा परेकाको लागि पहिलो चरणको तालिम पनि सम्पन्न भइसकेको छ । तालिम लिएकाले अब छिट्टै ऋण, लिएर आफूले चाहेको काम गर्न सक्ने छन् । युवा उद्यमशील कार्यक्रममा सहभागी भएर उद्यम गर्न चाहनेका लागि लक्षित गरेर नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।
नगरपालिका क्षेत्रभित्र अस्थायी रुपले बसोबास गर्ने, खास गरी विदेशबाट फर्किएकाहरु महिला, आदिवासी, जनजाति र अपाङ्गता भएकालाई प्राथमिकता दिएको मेयर श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुलाई उद्यम गर्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्य नगरपालिकाको हो’ मेयर श्रेष्ठले भन्नुभयो ।
ललितपुरको वाग्मती गाउँपालिकाले युवालाई लक्षित गरेर सहुलियत दरमा ऋण रकम उपलब्ध गराउने भने पनि अहिलेसम्म प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । रकमको अभाव भएकाले कार्यविधि बनाएर पनि प्रक्रिया अगाडि बढाउन नसकिएको वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले ७० जनालाई कम्तीमा ५ लाख रुपैयाँका दरले सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको थियो । यो वर्ष कार्यान्वयन गर्न नसके पनि आउने आर्थिक वर्षमा भने कार्यान्वयन गर्ने तिमिल्सिनाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।