इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ दशमलव १४ विन्दुमा झरेको हो ।
बिहीवार बैंकिङ समूहको शेयर साढे ३७ अङ्कले, व्यापारको ५५, होटलको १७, विकास बैंकको ४७, जलविद्युतको २७, फाइनान्सको २५, उत्पादनको ७२, अन्यको ३६, माइक्रोफाइनान्सको ६०, जीवन बीमाको दुई सय ९९ र निर्जीवन बीमा समूहको शेयर एक सय ७६ अङ्कले घटेको छ ।
बिहीवार दुई सय ६ कम्पनीका एक करोड ५८ लाख ५६ हजार कित्ता शेयर ६ अर्ब नौ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भए । सबैभन्दा धेरै निफ्राको ९० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
श्री इन्भेस्टमेन्ट फाइनान्स र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि बिहीवार चन्द्रागिरि हिल्सका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।