आज ३९ औं मगर स्थापना दिवस मनाइँदै

 फागुन १५, २०७७ शनिबार ९:४५:३० | देव पचभैया
unn.prixa.net

पाल्पा - आज देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले ३९ औं मगर स्थापना दिवस  मनाउँदैछन्  ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले  स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।

मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिनुभयो।

मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार  २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया