साथीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता भए मात्रै सरकारमा जान्छौँ : जसपा नेता महतो

 फागुन १८, २०७७ मंगलबार १४:२७:० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – जनता समाज पार्टी (जसपा) का नेता राजेन्द्र महतोले झुटा मुद्दामा जेल चलान भएका आफ्ना साथीहरू (नेताहरू) को मुद्दा फिर्ता हुनुपर्ने बताउनुभएको छ । 

मङ्गलवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले थारुहट आन्दोलनका क्रममा षड्यन्त्रपूर्वक घटाइएको घटनामा सांसद रेशम चौधरी र लक्ष्मण चौधरीलाई झुटा मुद्दा लगाइएको भन्दै उनीहरूको मुद्दा फिर्ता नभएसम्म सरकारमा नजाने बताउनुभयाे ।  

नेता महतोले संविधानमा संशोधन र रेशम चौधरी तथा लक्ष्मण चौधरीको मुद्दा फिर्ताको माग सम्बोधन गर्नेलाई नै जसपाले सहयोग गर्ने बताउँदै आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने उहाँकाे भनाइ छ । 

उहाँले मुद्दाहरूकाे सम्बोधनका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा पार्टी लागेको चेतावनीसमेत दिनुभयो । 

यस्तै फरक प्रसङ्गमा बोल्दै उहाँले ठूला दलका नेताहरूको खोक्राे राष्ट्रवादका कारण नेपाली नागरिकले दुःख पाइरहेकाले महाकाली सन्धि गर्ने र अनुमोदन गर्ने दुवै राष्ट्रघाती भएको बताउनुभयो ।सत्ताबाहिर रहँदा राष्ट्रियताका कुरा गर्नेहरू सत्तामा पुगेपछि मौन रहने गरेको उहाँको आरोप छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया