कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ : वरिष्ठ नेता पाैडेल

 चैत २, २०७७ सोमबार १७:४२:५३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा आफ्नो पार्टीलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका क्रममा सोमबार पर्वत आउनुभएका पौडेलले प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा यस्तो बताउनुभएको हो । 

उहाँले वर्षाैँदेखिको लडाइँबाट देशमा लोकतान्त्रिक व्यवस्था ल्याए पनि नागरिकले त्यसको आभास प्राप्त गर्न नसकेको बताउँदै व्यवस्थाको रक्षार्थ नेपाली कांग्रेस सदैव अडिग रहेको प्रस्ट्याउनुभयो ।

अर्को प्रसङ्गमा नेता पौडेलले सत्ता समीकरणको सन्दर्भमा पार्टीका सभापति शेरबहादुर देउवालाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । ‘सरकारमा जानका लागि अर्कैलाई साथ दिने हो वा आफै नेतृत्व गर्ने हो भन्ने सभापतिलाई अधिकार दिएको छौँ’, उहाँले भन्नुभयो । 

नेता पौडेलले देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्ने तर अन्य दलको बुई चढेर सत्तामा गइ हाल्न नहुने बताउँदै अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी नागरिक समक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया