हराउँदै सुदूरपश्चिमको चैतलो

 चैत ३, २०७७ मंगलबार २०:२७:७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – कुनै समय चैत महिनाभरि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा परम्परागत चैतलोको धुनले गुञ्जायमान भइरहन्थे । चैतलोको धुनमा देवीदेवताका गाथा तथा परम्परागत संस्कृतिको विविध विद्यालाई लयबद्ध गरेर गाइने यो पर्व अहिले लोप हुँदै गइरहेको छ ।

नयाँ पुस्ताले यसबारेमा चासो नलिँदा सुदूरपश्चिमका पहाडी जिल्लामा चैतको महिनामा गाइने चैतलो लोप हुन थालेको हो । केही समय पहिले चैतको महिना सुरु भएसँगै गाँउघरमा हुड्को बाजाको धुनले गाँउघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हँुदै गइरहेको मेलौली नगरपालिका ७ का हर्षबहादुर चन्दले बताउनुभयो ।  

हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको सुर्नया गाँउपालिका ५ रौलेश्वरका जैमल दमाइले बताउनुभयो । खासगरी चैतलोलाई दमाई जातिले गाउने भएकाले पनि यसलाई जातसँग जोडेर हेर्दा लोप हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

अहिले चैतलो कहीँ कतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गाथारु क्रमशः लोप हुन थालेको पाटन नगरपालिका १० हताशकी हरीना भट्टले बताउनुभयो ।

चैतलो सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको र यसको सकारात्मक पक्षका बारेमा जानकारी नदिँदा यो लोप हुँदै गएको सुर्नया गाँउपालिका ६ कोखेतका हरिदत्त अवस्थीले बताउनुभयो । यो पर्वको प्रवर्द्धन तथा संरक्षणका लागि पालिकाले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया