भागरथीकाे भजाइनल स्वाबकाे डीएनए अभियुक्तसँग मिल्याे : प्रहरी

 चैत १२, २०७७ बिहिबार १५:२४:३६ | जयराज अवस्थी
unn.prixa.net

फाइल फाेटाे

बैतडी – बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र अभियुक्तको डीएनए रिपोर्ट मिलेको छ । बिहीवार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो ।

गएको माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ का दिनेश भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । उनले ‘रिसिबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी प्रहरीसमक्ष बयान दिएका थिए ।

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया