जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार ३२ अङ्कले बढेको छ । व्यापार र उत्पादनबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ३२ दशमलव १५ अङ्कले बढेर २५ सय ७५ दशमलव ६६ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैंकिङ समूहको शेयर साढे आठ अङ्कले, विकास बैंकको सात, होटल तथा पर्यटन समूहको शेयर एक सय १२ अङ्कले, जलविद्युतको ९६ अङ्कले, फाइनान्सको दुई, माइक्रो फाइनान्सको एक सय ४९, जीवन बीमाको एक सय ८६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय ९८ अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ ।
मङ्गलवार दुई सय नौ कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ६ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४८ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
मङ्गलवार ६ कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैका दरले बढेको छ । समग्र बजार बढे पनि युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।