नेप्से ४३ अङ्कले बढेर २६ सय विन्दुभन्दा माथि

 चैत १८, २०७७ बुधबार १६:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै– शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय १९ दशमलव शून्य दुई विन्दुमा पुगेको छ ।

बुधवार बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ । यस्तै विकास बैंकको ४३ अङ्कले,  होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको नौ, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको एक सय ६८, निर्जीवन बीमा समूहको तीन सय ४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बुधवार दुई सय नौ कम्पनीका एक करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट विकास बैंकको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

बुधवार पाँच कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रैराङ र युनाइटेड मर्दी हाइड्रो तथा बोटलर्स नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएकाले दिउँसो चार बजेसम्म कारोबार अवधि बढाइएको थियो । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया