जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
गर्मी मौसम सुरु भएसँगै सङ्क्रामक र सङ्क्रमणविहीन रोगका बिरामी बढ्ने गर्छन् । झाडापखाला, मौसमी फ्लु, श्वासप्रश्वास, लामखुट्टेको टोकाइबाट लाग्न सक्ने रोगहरू जस्तै-: मलेरिया, कालाजारजस्ता सङ्क्रामक रोगको सङ्क्रमण बढ्न सक्छ । त्यस्तै बोटबिरुवामा पालुवा पलाउने कारणले गर्दा एलर्जीलगायतका समस्याहरू पनि देखिन सक्छन् ।
गर्मी समयमा लाग्न सक्ने रोगहरू अरू व्यक्तिहरूमा भन्दा बालबालिकामा धेरै देखिने गरेका छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजाेर हुने भएकाले रोगले छिट्टै आक्रमण गर्छ । ठूला मानिसको तुलनामा बालबालिकाको क्रियाकलाप पनि बढी हुने तर प्रतिरोधात्मक क्षमता बलियो नहुने लगायतका कारणले गर्दा गर्मी मौसममा बालबालिकामा सङ्क्रमण धेरै देखिने गरेको छ ।
भाइरसले बालबालिकालाई बढी असर गर्छ
यो मौसममा बालबालिकामा भाइरस सङ्क्रमण धेरै देखिने गर्छ । निमोनियाका समस्या पनि बालबालिकामा नै हुने गर्छ । बालबालिकाको हेरविचारमा राम्ररी ध्यान दिन नसकिएमा विभिन्न रोगका जोखिम हुन सक्छन् । भाइरस, मानव शरीर र वातावरण रोग उत्पन्न गर्नमा जिम्मेवार हुन्छ ।
वातावरण, शरीरको अवस्था र तापक्रमको तालमेल नभएमा विभिन्न रोगको जोखिम बढ्ने गर्छ । वयस्क वा उमेर पुगेका मानिसलाई खासै असर नगर्ने भाइरसले पनि बालबालिकालाई बिरामी बनाउन सक्छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले यस्तो हुने गर्छ ।
खेलिरहेका बालबालिकालाई छिनमै ज्वरो आउँछ । ज्वरो सन्चो भएपछि फेरि खेल्न थाल्छन् । फेरि ज्वरो आउँछ । ज्वरो आउन्जेल अलि सुस्त हुन्छन् । भाइरसको सङ्क्रमण भएका बालबालिकामा यस्तो खालको समस्या देखिने गर्छ ।
जस्तै-: कुनै बालबालिकालाई रुघाखोकी लागेको वा ज्वरो आएको बेला सुस्त जस्तो हुन्छ । अर्थात् उसका क्रियाकलापहरू कम हुन्छन् । तर ज्वरो कम हुनेबित्तिकै बालबालिकाहरू फेरी खेल्न थाल्छन् ।बालबालिकाको उमेरअनुसार शक्ति उच्च हुन्छ । तर रोग प्रतिरोधात्मक क्षमता भने कमजोर हुन्छ । यो समय भाइरस बढ्ने समय भएकाले बालबालिका धेरै प्रभावित हुने गरेका छन् ।
५० देखि ७० प्रतिशत बालबालिकामा स्वास्थ्य समस्या
पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल जानेमध्ये ५० देखि ७० प्रतिशत भाइरल ज्वरो आएका बालबालिकाहरू हुने गरेका छन् । उनीहरूमा रुघाखोकी, छिनमै ज्वरो आउने, झाडापखाला तथा वान्ता गर्ने समस्या देखिएको छ ।
बालबालिकाहरूलाई सञ्चो भएको छैन भन्ने थाहा पाउनका लागि उनीहरूको व्यवहार र क्रियाकलापहरू परिवर्तन भएको छ कि छैन भनेर हेनुपर्ने हुन्छ । जस्तै-: सधैँ हाँसिरहने बालबालिका नियाउरो परेर बसेमा, दूध राम्रोसँग नखाएमा, खेलिरहने बालबालिका चिढिएमा सञ्चो नभएको भनेर बुझ्नुपर्ने हुन्छ ।
यस्तै श्वासको गति बढ्ने, शरीरको कुनै भाग निलो हुने, ज्वरो आउने, झाडापखाला लाग्ने लगायतका समस्या देखिएमा बालबालिका बिरामी भएका छन् भनेर बुझ्नुपर्ने हुन्छ । झाडापखाला लाग्ने, ज्वरो आउने आएमा बालबालिका बिरामी छन् भन्ने प्रस्टै थाहा हुन्छ ।
कस्तो अवस्थामा बालबालिकालाई अस्पताल लैजाने ?
श्वासको गति धेरै भएमा, कोखा हानेमा, बच्चा एकदमै सुस्त भएमा, शरीर निलो भएमा खतराको लक्षण हो भनेर बुझ्नुपर्छ र तुरुन्तै अस्पताल लैजानुपर्छ ।
सामान्य रुघाखोकी लागेमा, सामान्य ज्वरो आएमा भने प्यारासिटामोल लगायतका सामान्य औषधिले घरमै पनि ठिक पार्न सकिन्छ । वान्ता गरेमा, पखाला लाग्ने, उच्च ज्वरो आएमा घरमै बस्नु हुँदैन, अस्पताल लैजानुपर्छ । सामान्य पखाला लागेमा घरमै जीवनजल पानी खुवाएर उपचार गर्न सकिन्छ ।
घरमा जीवनजल नभएमा तीन चम्चा नुन, अलिकति चिनी र तीन गिलास पानी घोलेर खान दिनु पर्छ । नुन र चिनीको मात्रा नमिलाएको भनेर विश्व स्वास्थ्य सङ्गठनले पछिल्लाे समय यसलाई मान्यता दिएको छैन, जीवनजल नै बनाएर खुवाउनुपर्छ भनेको छ । तर केही छैन भने विकल्पमा नुन, चीनी र पानीको मात्रा मिलाएर बालबालिकालाई खुवाउनुपर्छ ।
बालबालिकाले जीवनजल पानी पिउन सकेन, लगातार वान्ता गर्याे भने नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा लगेर उपचार गराउनुपर्छ ।
बालबालिकालाई कहिलेकाहीँ अन्य समस्याहरू पनि देखिन सक्छ । जस्तै-: काम ज्वरो आउने हुन सक्छ । क्याल्सियमको कमीले गर्दा पनि यस्ता समस्या देखिन सक्छ । त्यसैले यस्तो भएको बेला जबरजस्ती मुख खोलिदिने, मोजा सुँघाउने, पानी खन्याउने लगायतका क्रियाकलाप गर्नु हुँदैन । फिबर भएको बेला मुखमा केही राखिँदिँदा श्वासको नलीमा जाने र बिरामीको ज्यान नै जान सक्ने भएकाले यस्ता नकारात्मक क्रियाकलाप कहिल्यै पनि गर्नु हुँदैन ।
बरु कस्सिएको कपडाहरू लगाएको भए खोलिदिनुपर्छ । बान्ता गरेमा त्यसलाई भुइँमा झर्न दिनुपर्छ, श्वासको नलीतिर जान दिनु हुँदैन ।
बच्ने उपाय
सङ्क्रामक रोगहरू हाम्रो वातावरणसँग सम्बन्धित हुन्छ । हामीले दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य सावधानीहरू अपनाउनुपर्ने हुन्छ । सावधानी एउटा व्यक्तिले अपनाएर हुँदैन । समाजका सबै मानिसहरूले स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्छ ।
घरमा जतिसुकै सफा गरे पनि खानेपानी आउने धारोमा फोहर छ भने त्यसले समस्या निम्त्याउँछ । झाडापखाला, जण्डिस लगायतका रोगहरू पानीजन्य सङ्क्रमणका कारण पनि हुने गर्छन्, त्यसैले पानीका मुहानहरू सफा गर्नुपर्छ । व्यक्ति, समाज र वातावरण सबै सफा राख्नुपर्छ ।
फोहर र सडेगलेका खानेकुराहरू खानु हुँदैन । घरबाहिर हिँड्दा मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने गर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पोषण, व्यायाम र निद्रा हो । यी कुरालाई सन्तुलनमा राख्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।
जन्मँदा ठिकठाक भएको मान्छे पनि पछि कुपोषित हुन सक्छ । भाइरसको सङ्क्रमणका कारण त्यस्तो हुने गर्छ । बालबालिकाको खानपिनमा पनि ध्यान दिनुपर्छ । दूध भात र आलुमात्र खुवाउनु हुँदैन । खानामा कार्बोहाइड्रेड, प्रोटिन, फ्याट, मिनिरल, भिटामिन, फाइबर र पानीको मात्रा सन्तुलित मात्रामा हुनुपर्छ । बाहिर बजारमा बेच्न राखिएका तयारी खानेकुरा बालबालिकालाई खुवाउनु हुँदैन ।
(बालरोग विशेषज्ञ डाक्टर धर्मागत भट्टराईसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डाक्टर धर्मागत भट्टराई बालरोग विशेषज्ञ हुनुहुन्छ।