पलाँतामा औलो र कालाजारका बिरामी भेटिए

 भदौ ६, २०७५ बुधबार १०:१०:५१ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् ।

महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताउनुभयो ।

दुई महिना अघिको तथ्यांक अनुसार पलाँतामा ३ जना बालबालिकामा औलो र तीनजना मध्ये दुई जनामा कालाजार समेत भेटिएको सिनियर अहेब कटक महतले बताउनुभयो । गाउँपालिकास्तरमा औलोको उपचार नहुने भएपछि स्थानीय, जिल्ला सदरमुकाम मान्म पुग्ने गरेका छन् । 

     
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया