स्वर्गद्वारी जीप दुर्घटना (अपडेट) : चार जनाकाे ज्यान गयाे

 बैशाख १, २०७८ बुधबार १४:३४:३७ | एलबी थापा
unn.prixa.net

प्युठान – जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको हो ।

जीपमा एक जना अझै अड्किएको अवस्थामा रहेको घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धि रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश बोहोरा रहेका छन् । यस्तै रेसुङ्गा नगरपालिका २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मल्लरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । 

घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया