जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो ।
बिहीवार बैंकिङ समूहको शेयर २३ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ९० अङ्कले, होटल तथा पर्यटनको १० अङ्कले, फाइनान्सको २८, माइक्रोफाइनान्सको ६, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको नौ अङ्कले, उत्पादनको ४३, अन्यको तीन र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ ।
बिहीवार दुई सय १८ कम्पनीका एक करोड ९० लाख कित्ता शेयर आठ अर्ब ६३ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको ४९ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बिहीवार बेस्ट फाइनान्स र एनआईसी एसिया लघुवित्तसहित आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मल्टिपर्पोज फाइनान्स, नेशनल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।