घुम्टो खोल्दै धरहरा (फोटो फिचर)

 वैशाख ८, २०७८ बुधबार १०:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंगरोगन गर्ने काम भैरहेको छ ।

 

निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटाउँदै रंगरोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ ।

२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराको छोपिराखेको ठुटोसँगै नयाँ धरहरा बनिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम तय भएकाले जोडतोडका साथ काम भैरहेको छ ।

नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ ।  नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । २० औं तलामा उक्लिएर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । नयाँ धरहरामा दुईवटा लिफ्ट र एउटा परम्परागत भर्‍याङ रहनेछ । ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फीटको बेस रहनेछ ।

 

नयाँ धरहरामा पनि पहिलेको जस्तै बुट्टा र गोला झ्यालहरु बनाइएको छ । धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टरेण्ट, आधुनिक पार्किङ र उद्यान पनि हुनेछ । तर धरहराको टावर बाहेकका अरु काम भने सुरु हुनै बाँकी छ । मंसिरसम्म सबै काम सकेर धरहरा खुला गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी छ ।

 

 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया