स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा साेमवार पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुनामध्ये एक सय ५२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।
यसैबीच दाङमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ३० पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार सबैभन्दा धेरै तुलसीपुरमा दुई सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै घोराहीमा एक सय ८५, लमहीमा २४, बबईमा २३, राप्तीमा १४, शान्तिनगरमा १२, दङ्गीशरणमा नाै र गढवामा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । बङ्गलाचुली र राजपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।
अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६१ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।