पर्सामा बिहीवारदेखि एक हप्ता निषेधाज्ञा

 बैशाख १४, २०७८ मंगलबार १६:५३:३६ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्सामा वैशाख १६ गते आउँदाे बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को १४ गते बसेको बैठकले वैशाख १६ गते आउँदाे बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । 

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइने भएकाे हाे । नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन पनि अनुराेध गर्ने बैठकले निर्णय गरेकाे छ । 

काेभिड सङ्क्रमितको उपचारका लागि तत्काल दुई सय शय्याको डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । साथै विदेशबाट आएकालाई कम्तीमा १० दिनसम्म आइसोलेशनमा राख्ने कुराको व्यवस्थापन गर्न पालिकालाई अपिल गरिएको छ ।

बैठकले ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगरानीमा सञ्चालन गर्ने निर्णय गरेका छ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया