स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् ।
लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ काेराेनाकाे जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ ।
धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका छन् । स्वास्थ्य निर्देशनालयकाे तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ५ हजार ५ सय ७४ जना होम आइसोलेशनमै बसेका छन् । लुम्बिनीमा अहिलेसम्म सङ्क्रमणबाट ४ सय ९२ जनाको ज्यान गएको निर्देशक डा. गिरीले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन यस्ताे निर्णय गरेको केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।