रामेछापको उमाकुण्डमा भएको आगलागीमा परि श्रीमान, श्रीमतीको ज्यान गयो

 बैशाख २०, २०७८ सोमबार १०:४३:३६ | दीपक भट्ट
unn.prixa.net

 रामेछाप - रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ ।

बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान गएको रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

राति अकस्मात आगलागी भएपछि मनोहर कार्की उहाँकी श्रीमती कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

आगलागीले घर पूर्ण रुपमा जलेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया