जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर नेपालमा फैलिएसँगै यससम्बन्धी मिथ्या सूचनाहरू सामाजिक सञ्जालमार्फत फेरि फैलिन थालेका छन् । केही दिनयता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुकमार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको ती सूचीमा औषधिहरूको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ ।
काठमाण्डाैकाे मनमैजुमा रहेकाे फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरू उनकाे पसलमा आउने गरेका छन् । ‘तीन/चार दिनमा झन्डै ६/७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए । पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाइ यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि पो थाहा पाएँ’, लामिछानेले भने । लामिछानेले त्यसपछि त्यस्तो सूची लिएर आउनेलाई औषधि नदिएको साउथ एसिया चेकलाई बताए ।
ती सूचीमा सात किसिमका औषधि छन् ।
ती औषधिको नाम र तिनको प्रयोग यस प्रकार छन्:
यी औषधिमध्ये जिङ्कोभिट, लिम्सी र सेलकाल भिटामिन र पाेषण पूरक औषधिहरू हुन् । डोक्सी र एजीथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ वा तिनीहरूको विकास सीमित गर्दछ) हुन् भने डोलो ज्वराेको र इभरमेक्टीन जुकाको औषधि हो ।
भिटामिन र पाेषणदायक औषधिहरू कोभिड-१९ का बिरामीका लागि उपयोगी हुन सक्ने भए पनि त्यसको पुष्टि हुन सकेको छैन । त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझावअनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ । यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सी, डी र जिङ्कको कमी भएका कोभिड सङ्क्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ । पूरक औषधि साधारणतया सुरक्षित भए पनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाह अनुरूप प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ ।
यसैगरी ती सूचीमा दुई वटा एन्टिबायोटिक पनि छन् । अमेरिकी स्वास्थ्यसम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदा भन्दा हानि बढी गर्दछ । एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारका लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोषिकालाई क्षति पुर्याउँछ र हाम्रो शरीरका सेतो रक्त कोषहरूको क्षमतामा ह्रास ल्याउन सक्छ । यसैगरी अमेरिकाकाे सेन्टर्स फर डिजिज कन्ट्राेल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार जरुरी नभइ एन्टिबायोटिक प्रयोग गर्नाले हानि गर्दछ । अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सीडीसीले उल्लेख गरेको छ । यसै कारण सीडीसीले चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरुलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ ।
डा. कल्याण सुवेदीको फेसबुक पोस्टको स्क्रिनशट
‘यी औषधिहरू डाक्टरको सल्लाह विना आफैँ सेवन गर्दा धेरै नराम्रो असर गर्न सक्छ’, काठमाण्डाैमा रहेकाे शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर अरुण उप्रेतीले साउथ एसिया चेकलाई बताए । ‘यसरी जथाभाबी औषधि सेवन गर्दा ती दबाइ चाहिने बिरामीलाई मार पर्ने र बजारमा सर्टेज हुन सक्छ । डा. उप्रेतीका अनुसार अस्पतालमा चिकित्सकको निगरानीमा कोभिड-१९ सङ्क्रमितलाई यस्ता केही औषधि चलाउनु स्वाभाविक भए पनि विना परामर्श सेवन गर्नु उचित हुँदैन । त्यस्तै डा. कल्याण सुवेदीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै डाक्टरले ‘प्रिस्क्राइब’ गरेको बाहेक अन्य औषधि नखान सुझाएका छन् । उनले भनेका छन्, ‘त्यो औषधिको लिस्टको पछि नलाग्नु होला । ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरू केही खानु पर्दैन ।’
यसरी चिकित्सकको परामर्श विना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुने भएकाले कोभिड-१९ काे औषधि भन्दै सामाजिक सञ्जालमा फैलिएको सूची भ्रामक भएको ठहर हुन्छ ।
'साउथ एसिया चेक' बाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।