बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर असफल बनाएका कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार गठनमा सकस पर्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि हिजो राति नै तीन दिनको समय दिनुभएको छ । सरकार बनाउन तम्सिएका कांग्रेस र माओवादीले पर्सि राति नौ बजेसम्म बहुमत जुटाउनुपर्नेछ ।
जनता समाजवादी पार्टीले साथ दिएमा नयाँ सरकार बनाउन सजिलो हुन्छ तर जसपाभित्र २ समूहको विवाद बढ्दै गएको छ । अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनमा साथ दिनुपर्ने बताउँदै आएको छ । तर अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकार गठनमा सहभागी नहुने अडान दोहोर्याएको छ ।
गएराति विज्ञप्ति निकालेर ठाकुरले नयाँ सरकार गठनमा सक्रिय हुने र नयाँ सरकारलाई साथ दिने कुरा पार्टीको उद्येश्य विपरित र मधेश आन्दोलनको मर्म विपरित हुने बताउनुभएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।
कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।