डिजिटल कारोबार उत्साहजनक : चैतमा मात्रै साढे ४८ अर्बको मोबाइल बैंकिङ काराेबार

 बैशाख ३०, २०७८ बिहिबार ८:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको संक्रमणबाट बच्न भएको लकडाउन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार निकै बढेको छ ।

छिटो, सजिलो र सुरक्षित कारोबार हुने भएपछि डिजिटल माध्यमबाट हुने कारोबारमा धेरै वृद्धि भएको हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो ।

गएको असार महिनामा यस्तो कारोबार जम्मा ५१ अर्ब रुपैयाँ मात्रै थियो । यस्तै, चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ, जबकी फागुन महिनामा आठ अर्ब ८८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।

यस्तै वालेटमार्फत हुने कारोबार पनि चैत महिनामा ११ अर्ब रुपैयाँ पुगेको छ । चैत महिनामा वालेटमार्फत एक करोड १४ लाख वटा कारोबार भएका छन् । यस्तै क्यूआर कोडमार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै ई–कमर्सबाट एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया