अक्सिजन अभावमा कोरोनासँग जुध्दै कपिलवस्तु अस्पतालका सङ्क्रमित

 बैशाख ३०, २०७८ बिहिबार २०:२०:७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित । तस्बिर : गाेपाल भण्डारी/उज्यालाे

कपिलवस्तु – कपिलवस्तु अस्पतालमा अक्सिजन अभावका कारण काेराेना भाइरस सङ्क्रमितका बिरामी समस्यामा पर्न थालेका छन् । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ल्याउन नसक्दा बिरामी समस्यामा परेका हुन् ।

कपिलवस्तु अस्पतालमा दैनिक झन्डै एक सय थान सिलिन्डर अक्सिजनको आवश्यकता पर्ने अस्पताल प्रशासनले जनाएको छ । तर अहिले अक्सिजन दैनिक २० सिलिन्डर मात्र उपलब्ध भएका कारण बिरामीलाई आवश्यकताअनुसार अक्सिजन दिन नसकिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताउनुभयाे ।  

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यहीअनुसार अक्सिजन आपूर्तिको व्यवस्थापन हुन सकेको छैन । अहिले कोभिड अस्थायी अस्पतालमा २० जना, कपिलवस्तु अस्पतालको आईसीयूमा सात जना र इमरजेन्सी वार्डको अगाडि बरन्डामा ३० जना सङ्क्रमितको उपचार भइरहेकाे छ ।

अक्सिजनको अभाव भएपछि अक्सिजन कन्सन्ट्रेटर मेशिन जडान गरी बिरामीको उपचार सुरु गरिएको अस्पतालकाे इमरजेन्सी फाँटका इन्चार्ज प्रविन मिश्राले जानकारी दिनुभयाे । त्यसबाट पनि बिरामीलाई आवश्यकताअनुसारको अक्सिजन भने दिन नसकिएकाे उहाँले बताउनुभयाे । एउटा सिलिन्डरबाट पाँच जनासम्मको उपचार गरेका थियौँ, अब त त्यो सिलिन्डर ण्डर पनि पाउन छोडियो । अक्सिजनको प्रबन्ध गर्न बिरामीका आफन्त दिनभरि नै दौडधुप तथा हारगुहार गरिरहेका छन् । 

पछिल्लो २४ घण्टामा कपिलवस्तु अस्पतालमा चार जना कोरोना सङ्क्रमितको ज्यान गएकाे छ । अक्सिजनको सहज व्यवस्थापनका लागि चेम्बर्स अफ कमर्सको अगुवाइमा ५० वटा अक्सिजनसहितको सिलिन्डर अस्पताललाई उपलब्ध गराउने प्रयास भइरहेकाे छ । अहिलेसम्म १५ वटा सिलिन्डर  उपलब्ध गराइएकाे चेम्बर्स अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताउनुभयाे । 

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले अभाव टार्न अक्सिजन सिलिन्डर खरिदका लागि नगरपालिकाले सबै रकम बेहाेर्न तयार भए पनि सिलिन्डर खरिद गर्न नपाइएका कारण समस्या उत्पन्न भएको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया