किट अभाव हुँदा पाल्पामा कोरोना परीक्षण प्रभावित

 जेठ ४, २०७८ मंगलबार १८:१६:३४ | देव पचभैया
unn.prixa.net

पाल्पा – अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा किट अभाव भएपछि कोरोना पाल्पामा परीक्षणको काम रोकिएको छ । किट अभावमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाले एक हप्तादेखि परीक्षण गराउन पाएका छैनन् ।

पाल्पामा कोरोना परीक्षण रोकिएपछि कतिपय भने बुटवल पुगेर परीक्षण गर्न बाध्य भएको अस्पतालका डाक्टर जगदीश कुँवरले जानकारी दिनुभयो । प्रयोगशालामा पीसीआर र आर एन ए एक्ट्रयाक्शन किट सकिएको कुँवरले बताउनुभयाे ।

एक हप्ता अगाडि स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट प्राप्त भएको पाँच सय थान किट दुई दिनमै सकिएको  जनाइएको छ । दुई हजार किट माग गर्दा पाँच सयमात्र आएको अस्पतालले जनाएको छ ।

दैनिक सरदर दुई सय जनाको स्वाब परीक्षण हुँदै आएको पाल्पाको प्रयोगशालामा अहिले किटको अभाव भएपछि कोरोना परीक्षणका लागि पुग्नेहरू त्यसै घर फर्किनुपरेको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया